हाम्रो बारे

हरिहरपुरगढी सिन्धुली जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकामध्ये दक्षिण पश्चिमी क्षेत्रमा अवस्थित गाउँपालिका हो जुन महाभारत शृङ्खलादेखि चुरेसम्म फैलिएकोछ । यो गाउँपालिकाले काभ्रे, मकवानपुर, रौतहट र सर्लाही जिल्लाहरुलाई छोएको छ । साविकका हरिहरपुरगढी, पिपलमाढी, महेन्द्रझ्याडी र क्यानेश्वर गाउँ विकास समितिलाई मिलाएर अहिले हरिहरपुरगढी गाउँपालिका बनाइएको छ । तीनसय त्रिचालिस दशमलव नौवर्गकि लोमिटर क्षेत्रफलमा फैलिएको, आठ वडा रहेको यो गाउँपालिकाको जनसंख्या सत्ताइस् हजार सात सय सत्ताइस् रहेको छ । कोखाजोर खोला, मरिणखोला, क्यानखोला र बागमती नदीको प्रमुख जलाधार रहेको हरिहरपुरगढीहुँदै पूर्व–पश्चिम मदन भण्डारी राजमार्ग निर्माणाधीन छ । तामाङ, दनुवार , मगर, माझी, नेवार , पहरी, लगायत जाति को मुख्य बसोबास रहेको छ । यस गाउँगालिकाको वडा नम्बर १ मा तेह्रौ शताब्दीमा निर्माण गरिएको ऐतिहासिक हरिहरपुरगढी किल्ला छ । जसको नामबाट गाउँपालिकाको नामकरण गरिएको हो ।

सम्पर्क

हरिहरपुरगढी संरक्षण समिति,

कमलजंग राई, अध्यक्ष

मोबाइल: (९८५४०४१३६६)

पदम बहादुर लोप्चन, सचिव

मोबाइल: (९८४५६१८४५४)